सुनसरी । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर फरार रहेका उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी धरानका डीएसपी नवराज मल्लका अनुसार शहिदभूमि गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो ।
१० दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दुवैले आरोप स्वीकार गरेको प्रहरीको भनाइ छ ।
२०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगेर ललितालाई पालैपालो बलात्कार गरेको, ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेको उनीहरुले स्वीकारेका छन् ।
Discussion about this post