विराटनगर । प्रहरीले स्वचालित पेस्तोलसहित धरानमा दुई जनालाई पक्राउ गरेको छ । धरान–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र वडा–५ देउरालीका २५ वर्षीय कुमार भण्डारी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार धरान–८ स्थित जनता ग्यारेजमा लुकाइराखेको अवस्थामा मेडइन यूएसए लेखिएको पेस्तोल बरामद भएको थियो ।
उक्त ग्यारेजका सचालक भण्डारी हुन् । पेस्तोललाई कटर मेसिनले काटेर तीन टुक्रा पारेको अवस्थामा खाली म्यागेजिनसहित बरामद गरिएको थियो ।
Discussion about this post