धरान । धरान–९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा जुनियर युवा रेडक्रस सर्कलको नयाँ पदाधिकारी छनौटका लागि निर्वाचन सम्पन्न भएको छ ।
विद्यार्थीहरू किताब, टाई, मैनबत्ती, चस्मा चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए। उक्त निर्वाचनमा किताबको प्यानल विजयी भएको । प्रमुख निर्वाचन आयुक्त भवानीप्रसाद खतिवडाले जानकारी दिए ।
जेम्स घिसिङको नेतृत्वमा ११ जनाको प्यानल नै विजयी बनेको प्रमुख निर्वाचन आयुक्त खतिवडाले जानकारी दिए । निर्वाचनको महत्त्व, चरण, मतदाता शिक्षा, प्रक्रिया साथै सामाजिक शिक्षाको पाठ सहज ढङ्गबाट विद्यार्थीलाई सिकाउन यस प्रकारको प्रक्रियाबाट नेतृत्व चुनिएको विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले जानकारी दिए ।
‘विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्ने उद्देश्यले निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो ’, उनले भने, ‘यस प्रक्रियाबाट विद्यार्थीले निर्वाचनको महत्त्व बुझेका छन्, यसले भविष्यमा निर्वाचनमा सहभागिता जनाउन पनि सहजता हुनेछ भन्ने विश्वास लिएका छौँ’प्रधानाध्यापक श्रेष्ठले भने ।
Discussion about this post