इटहरी । प्रेस युनियन सुनसरी निवर्तमान कार्यसमिति सदस्य मनोज भुजेललाई पितृ शोक परेको छ । पत्रकार भुजेलका बुवा नेत्र भुजेलको मङ्गलवार बिहान उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
किड्नीमा समस्या देखिएपछि भुजेललाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । किड्नीको समस्या हुनुका साथै उनमा सास बढ्ने र अत्यधिक ज्वरो आउने गरेको थियो ।
५७ वर्षको उमेरमा निधन भएका भुजेलका एक छोरा मनोज सहित एक छोरी रहेका छन् । उनी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदबाट सेवा निवृत्त भएका थिए । भुजेलको मङ्गलवार (आज) बिहान ९ बजे इटहरीको मुक्ति घाटमा अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
Discussion about this post