काठमाडौँ । संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । आज पनि सोही कार्यले निरन्तरता पाउने भएको छ । गत ज्येष्ठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि सदनमा छलफल भइरहेको हो ।
गत ज्येष्ठ ७ गतेबाट प्रारम्भ भएको छलफलमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा प्रस्तुत गरिसकेका छन् । मुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो ।
नीति तथा कार्यक्रममाथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्याल,राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामा सहित शीर्ष नेताले आफ्नो सुझाव प्रस्तुत गरिसकेका छन् ।
आज पनि विभिन्न दलका संसदहरुले आफ्नो राय तथा सुझाव प्रस्तुत गर्ने बताइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
Discussion about this post