इटहरीका व्यवसायीहरूले सोमबार दिउसो आन्तरिक राजस्व कार्यालय घेराउ गरेका छन । छापामार शैलीमा खुद्रा तथा हेलसेल पसलहरूमा अनुगमन गरेर व्यवसायीहरुलाई अनावस्यक दुख दिएको भन्दै इटहरीका व्यवसायीहरूले आन्तरिक राजस्व कार्यालय घेराउ गरेका हुन् ।
सोमबार दिउसो इटहरीको संगित चौकमा रहेका केही पसलहरुमा कर कार्यालयले अनुगमन गरेको थियो । सञ्चालक नभएको पसलमा पनि कर्मचारीले छापामार शैली अपनाएको उद्योग वाणिज्य संघ इटहरीका सदस्य जिवन पराजुलीले बताए ।
विभिन्न कारणले व्यवसायीहरु मारमा परिरहेको बेला आन्तरिक राजस्व कार्यालय इटहरीले समेत व्यवासायीहरुलाई आतंकीत पार्ने गरी अनुगमन गरेको पराजुलीको आरोप थियो ।
”अनुगमन गर्नु सकारात्मक कुरा हो, तर छापामार शैलिमा एकलौटी ढंगले गरिएको अनुगमनले व्यवसायीलाई त्रसित बनाएको छ”, पराजुलीलेले भने । नियम बिपरित काम गर्ने पशल तथा सञ्चालकलाइ कानुन अनुसार कार्वाही गर्न सुझाव सहित सोमबार कर कार्यालय इटहरी घेराउ गरिएको पराजुलीको भनाई थियो । अनुगमन गर्दा उद्योग वाणिज्य संघका पदाधिकारी , स्थानिय सरकार तथा प्रतिनिधि लगायत सबै निकाय संग समन्वय गरेर मात्र गर्न कार्यालय प्रमुखलाइ सुझाव दिएको बताए ।
पराजुलीका अनुसार व्यवसायीहरुले कार्यलय घेराउलाई निरन्तरता दिने बताएका छन् । उद्योग वाणिज्य संघ इटहरीको समन्वयमा १ वा २ दिन भित्रमा कर कार्यालय र व्यसायी दुबै पक्षसँग अन्तरकृया गरेर अघि बढ्ने तयारी रहेको पराजुलीले प्रदेश खवरलाई जानकारी दिएका छन् ।
Discussion about this post