विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।
विराटनगरमा आइतबार भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई साँझ छाडिए पनि २६ जना प्रहरी हिरासतमै छन् ।
समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ ।
माग सम्बोधन नभए बुधबारबाट अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिइएको छ।
Discussion about this post