धरान । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मीन विश्वकर्माले नागरिकता विधेयक ठिक भएको भन्दै गलत प्रचार नगर्न आग्रह गरेका छन् ।
प्रेस युनियन सुनसरीले बिहीबार धरानमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नागरिकता विधेयकले ‘सबैलाई राम्रो गरेको’ बताए ।
पार्टीीको प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकले संसदीय सर्वोच्चता कायम राखेको बताउदै पूर्वपञ्च तथा राजावादीहरुले नागरिकता विधेयकको गलत प्रचार गरेको आरोप लगाए ।
विपक्षी दल एमालेले गरेको विरोधको कुनै अर्थ नरहेको टिप्पणी पनि उनले गरे । ‘अध्यादेशमार्फत् यही विधेयक एमालेले ल्याउन लागेको थियो सोही काम अहिले भएको छ त्यसैले एमालेले विरोध गर्नुको कुनै अर्थ छैन ।’
नागरिकतासम्बन्धी कानुन २००९ सालमा मुलुकका आदिवासी सबै नेपाली हुने व्यवस्था भएको र त्यसपछि नेपालमा बसोबास गर्ने सबै नेपाली हुने व्यवस्था भएको स्मरण गर्दै अहिलेको कानुन त्यस बेलाभन्दा व्यवस्थित र राम्रो भएको समेत दाबी उनले गरे ।
Discussion about this post