विराटनगर । धनकुटामा जंगली च्याउ खाएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेको प्रहरीले जनाएको छ ।
गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट सिकिस्त बिरामी परेका थिए ।
धनकुटा जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । मुनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।
प्रतिष्ठानमा उपचारकै क्रममा उनको छोरा सचिनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post