काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताएका छन् ।
आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोज’ विषयक अन्तक्रियामा अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै यस्तो बताएका हुन् ।
कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने उनको भनाइ छ ।
मन्त्री महतले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रविन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी काम नगरेको स्पष्ट पारे ।
उनले इमानदार भएर काम गर्दा हिलो छ्याप्ने काम भएको बताए । उन बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काममात्रै गरेको दाबी पनि गरे ।
अर्थमन्त्री महतले राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमानदार मान्छेहरूको काम छैन भनेर घोषणा गरिदिए हुने बताए ।
उनले एकाध मानिसको फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने उल्लेख गरे ।
करका दर हेरफेर गर्दा अर्थ सचिव, राजस्व सचिव,आन्तरिक राजस्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिवमात्रै बसेर निर्माण गरेको महतले बताए ।
Discussion about this post