काठमाडौं । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ ।
पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको छ ।
एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ ।
प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंका आयोजना हुने गरी समस्या समाधान गरिएको हो ।
श्रीलंकामा हुने खेलमा भारत सहभागी हुनेछ । १ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।
Discussion about this post