तरहरा : मर्निङ फुटसल क्लब तरहराले शनिबार विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ । तरहरा फुटसलमा शिक्षक देवराज न्यौपाने स्मृति कप आयोजना गर्न लागिएको हो ।
कक्षा ८ सम्मका विद्यार्थीलाई सहभागी गराएर इटहरी उपमहानगरपालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका कार्यबाहक अध्यक्ष सन्तोष श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा उपमहानगरभरीका २४ वटा विद्यालय सहभागी छन् ।
प्रतियोगिता २० मिनेटको हुनेछ भने विजेता टिमले नगद ३१ हजारसहित ट्रफी हात पार्नेछन् । यसैगरी उपविजेता टिमले भने नगद १६ हजारमा चित्त बुझाउनेछ ।
विद्यार्थीलाई खेलकुद क्षेत्रमा रुचि रुचि बढाउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको श्रेष्ठको भनाइ छ ।
एन्जल श्रेष्ठको संयोजकत्वमा हुन लागेको प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई दुई हजार पाँच सयसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
Discussion about this post