काठमाडौं । नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । डिएलए नेपालको ११ औं महाधिवेशनबाट केसी ६ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी लक्ष्मी दाहाल रावलले १ सय ७७ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उमेद्वार बनेका लक्षमण थपलिया ५५, केदार कार्की १३० र कृष्ण घिमिरे भुषणले ५३ मात्र पाए । बरिस्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी भएका हुन् ।
यस्तै प्रदेश अन्तर्गत उपाध्यक्षतर्फ कोशीमा कबिता बस्नेत, मधेसमा रमानन्द शाह, बागमतीमा जनक राज श्रेष्ठ, गण्डकीमा भुमिश्वर शर्मा गौतम, लुम्बिनीमा बिष्णुप्रसाद धिताल, कर्णालीमा पदमबहादुर शाही र सुदुरपश्चिम गंगाराम उपाध्याय निर्वाचित भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा कबिता थापा कार्की निर्वाचित हुँदा महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारीले बाजी मारेका छन् । सचिवमा शिप्रसाद रेग्मी, सचिव धनमाया राना, कोषाध्यक्ष हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
अफताव आलम, गोबिन्द राम परियार, प्रबिण महर्जन, सतेन्द्र प्रजापती, अमित कुमार कर्ण, सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना , किरण पौडेल, चक्र बहादुर थापा निर्वाचित भएका छन् ।
यस्तै कोशी प्रदेशबाट दुर्गाप्रशाद पोखरेल, मधेसबाट प्रज्वल अधिकारी, बागमतीबाट बिनोद अधिकारी, गण्डकीबाट हरिप्रसाद रेग्मी, लुम्बिनीबाट हरिप्रसाद पन्त, कर्णालीबाट बिष्णुकुमारी शर्मा र सुदूरपश्चिमबाट भरतबहादुर सिंह निर्वाचित भएका छन् । खुला सदस्यतर्फ सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमल राज शाही र बिष्णु खनाल पनि केन्द्रीय सदस्य बनेका छन् ।
Discussion about this post