काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेकाले खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति शेरबहादुर देउवा उपचारका लागि मंगलबार सिंगापुर गएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा नियमित उपचार’फलोअप’का मंगलबार मध्यराति पत्नी आरजु देउवासहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । देउवा एक सातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।
Discussion about this post