इलाम । इलामको सूर्योदय नगरपालिकामा लागेको बृृत्ति परामर्श तथा रोजगार मेलामा युवाको आकर्षण रहेको थियो । बिहिबार लागेको मेलामा रोजगारीको अवसर कसरी श्रृजना गर्ने, पाएको रोजगारी कसरी बचाउने लगायतमा चासो राख्ने युवायुवतीको उल्लेख्य उपस्थिति रहेको हो ।
सूर्योदय नगरपालिका, सूर्योदय नगर उद्योग वाणिज्य संघ र हेल्भेटास नेपाल तथा इन्स्योरको सहकार्यमा सम्पन्न भएको थियो ।
सम्मान जनक रोजगारको निम्ति रोजगारदाता र आबेदकहरूबीच पुलको काम गर्नको निम्ति नगरले यो थालनी गरेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राइको भनाई छ । उनले मेला निकै प्रभापकारी भएको बताए । मेलामा रोजगार प्रदायक कम्पनी तथा फर्मको गरि तालिम प्रदायकहरूको २० वटा स्टल राखिएको थियो ।
सम्मान जनक रोजगारको निम्ति रोजगारदाता र आबेदकहरूबीच पुलको काम गर्नको निम्ति नगरले यो थालनी गरेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राइको भनाई छ । उनले मेला निकै प्रभापकारी भएको बताए । मेलामा रोजगार प्रदायक कम्पनी तथा फर्मको गरि तालिम प्रदायकहरूको २० वटा स्टल राखिएको थियो ।
नगरपालिकाले युवा वेरोजगारहरूलाई पहिचान गरेर योजना बनाउन पनि मेलाले सहयोग गरेको सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले बताए । उनले यो सुरुवाती चरणको कार्यक्रम मात्र भएको यसलाई निरन्तरताका लागि आफुहरुले पहल गर्ने उनको भनाई छ ।
नगरले दश महिने कुक र फेव्रिकेटरको निशुल्क तालिम पनि संचालन गर्र्दै छ । तालिमसंगै व्यावहारिक ज्ञान उपलव्ध गराउने बताइएको छ । तयार भएको जनशक्तिले कतै न कतै रोजगारी पाउने नगरको अपेक्षा छ । इन्योरको कार्यक्रम कोशी प्रदेशको १३ वटा पालिकामा संचालनमा रहेको बताइएको छ । सोही परियोजना अन्तर्गत मेला संचालन गरिएको हो ।
वृत्ति परामर्श कार्यक्रम पनि सूर्योदय नगरपालिकाको माध्यमिक विद्यालयहरूमा प्रारम्भ भैसकेको छ । बिद्यार्थीहरूले आफ्नो भविष्यको निम्ति रोजगार त्यहि अनुसारको विषय छनौंट गर्न सक्ने गरी परामर्श दिइने गरिएको छ । सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले यस्ता कार्यक्रमले युवाहरुमा समेत जागरुपता आउने बताए ।
कार्यक्रमको दोस्रो चरणमा सूर्योदय नगरपालिकाको प्राथमिकता रोजगारिको हकको सुनिश्चतता विषयमा बहस सञ्चालन गरिएको थियो । बहसमा मेयर रण बहादुर राई, सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई र सूर्योदय टि एशोशिएसनका सचिव गोपाल कट्टेलको सहभागिता रहेको थियो ।
Discussion about this post