इलाम । जिल्ला समन्वय समिति इलामले इलामको देउमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चिताको प्रमाण पत्र समेत प्रदान गरेको छ । नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै समन्वय समिति इलामले सो प्रमाणपत्र प्रदान गरेको हो । नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राईले सो प्रमाणपत्र प्रदान गरे । खोप सुनिश्चिताको प्रमाण पत्र वितरण गर्दै प्रमुख राईले राईले सुनिश्चितताको दीगोपनामा जोड दिन नगरपालिका लाग्नु पर्नेमा जोड दिए ।
देउमाई नगरपालिकाका ९ वटै वडाका १६ महिनादेखि ५ वर्ष भित्रका बच्चाले खोप पुरा गरेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकोे देउमाई नगरपालिकाका स्वाथ्य शाखा प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुुसार नगरपालिकामा १६ महिनादेखि ५ वर्षका एक हजार पाँच सय १२ जना सबैले खोप पुरा गरेका छन् । बच्चाले १३ वटा रोग विरूद्वको खोप पाँच पटक लगाउँनु पर्ने हुन्छ । खोप सुनिश्चितताका लागि गत वर्ष छुटेका १७ बच्चालाई समेत खोप दिएको छ ।
नगरपालिको सबै वडामा महिला स्वाथ्य स्यंमसेविकाको सहयोगमा स्वाथ्यकर्मी मार्फत सबै बच्चालाई खोप दिइएको जनाएको छ ।
नगर प्रमुख सूर्यप्रसाद पोख्रले खोपको दिगोपना र सुनिश्चितताको वर्षेनी घोषणा गर्ने प्रतिवद्वता समेत जनाए । घोषणाका अवसरमा खोप सुनिश्चितता योगदान गरेकाले सबै वडा कार्यालय तथा स्वाथ्य चौकीलाई समेत प्रशंसा पत्र दिइएको छ ।
नगर प्रमुख सूर्यप्रसाद पोख्रले खोपको दिगोपना र सुनिश्चितताको वर्षेनी घोषणा गर्ने प्रतिवद्वता समेत जनाए । घोषणाका अवसरमा खोप सुनिश्चितता योगदान गरेकाले सबै वडा कार्यालय तथा स्वाथ्य चौकीलाई समेत प्रशंसा पत्र दिइएको छ ।
नगरपालिकाले स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्वता भन्ने नाराका साथ यो अभियान सञ्चालन गर्दै आएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले समेत पूर्ण खोप पुर्याएको बारे अनुगमन गर्ने गर्दछ । यसका सूचकहरु पुरा भएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिन्छ ।
Discussion about this post