काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाममात्रैमा सीमित बन्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसले सिद्धान्तलाई छोड्दै जानु चिन्ताको विषय भएको बताए।
उनले कसैले पनि लोकरिझ्याइँको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने बताए। नेता कोइरालाले कांग्रेस विगतको गौरवमय चरित्रमा अलमलिन थालेको महसुस आफूले गरेको पनि बताए।
उनले अहिले कुनै पनि संवैधानिक संस्थाहरुमा सबल बन्न नसकेको जिकिर गर्दै संसद्को समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे। उनले संसदमा प्रधानमन्त्री बोलेपछि संसद् रोकिनु, प्रधानमन्त्री बोलेलगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादाविपरीत भएको बताए।
उनले भने, ‘…५/६ वर्षमा पार्टीहरुको औचित्य पुष्टि गर्न जरुरी भएको छ। लोकरिझ्याइँ गरेर औचित्य पुष्टि गर्ने होइन। औचित्य पुष्टि गर्न नसक्ने हो भने नेपाली कांग्रेस पार्टी के मानेमा राख्ने? त्यस्तो बेला नेपाली कांग्रेस भन्ने संस्था रहन्छ।’
Discussion about this post