काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वत: निलम्बन भएको छ ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै सांसदबाट निलम्बित भएका हुन् ।
प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ ।
अब अदालतबाट मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् ।
Discussion about this post