झापा । सहकारी क्षेत्रमा काम गर्ने व्यवस्थापकहरु संगठित भएका छन् ।
सहकारी व्यवस्थापक क्लब झापा गठन गर्दै उनीहरु संगठित भएका हुन् । यसअघि खोमप्रसाद बगालेको अध्यक्षतामा तदर्थ समिति क्रियाशील थियो । निर्वाचित भएका छन् ।
शनिवार बिर्तामोडमा प्रथम अधिबेशनबाट तदर्थ समितिका अध्यक्ष बगालेलाई अध्यक्षमा निर्विरोध चयन भएसँगै उनीहरु संगठित भएका हुन् । उनी मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
संस्थाको उपाध्यक्षमा निलकण्ठ निरौला कंचनजंघा बहुउद्देश्यीय दमक, महासचिव सन्तोषकुमार श्रेष्ठ सतासी बहुउद्देश्यीय बिर्तामोड, कोषाध्यक्ष तुलसा कुँवर प्रज्वला अपांग तथा महिला बहुउद्देश्यीय अर्जुनधारा छन् ।
सदस्यहरुमा तीलकबहादुर कार्की शुभलक्ष्मी बहुउद्देश्यीय गौरादह, मानस सिटौला मेचीनगर साकोस मेचीनगर, कृष्ण ढुंगाना भद्रपुर साकोस भद्रपुर, अनिता गुरागाई मेची मासु उत्पादक सहकारी काँकडभिट्टा, लीलानाथ रेग्मी शिखर साकोस बिर्तामोड, विष्णुप्रसाद चुडाल साना बहुउद्देश्यीय कन्काई र विवेक राई चौतारी साकोस, झिलझिले छन् ।
बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयन गरेको हो । समितिका सदस्यहरुमा गोपाल काफ्ले र दुर्गा खतिवडा थिए । राष्ट्रिय सहकारी महासंघका सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले अधिवेशनको उ्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष बगालेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्र गिरी, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले वर्तमान सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा सहजीकरण गरेका थिए । निलकण्ठ निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।
Discussion about this post