काठमाडौं । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज आइतबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
शनिबार राति पनि यी दुई प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । ताप्लेजुङ, पाँचथर र संखुवासभा लगायत जिल्लाका खोलामा आएको बाढीले धनजनको क्षति भएको छ ।
मनसुन भित्रिएपछि जेठ ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातार पानी परिरहेको छ ।
पाँचथर र ताप्लेजुङमा पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । पानी परिरहेको क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
Discussion about this post