इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उपमहानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
आइतबार सामुदायिक विद्यालयहरुलाई पत्र लेख्दै प्रमुख पौडेलले विद्यालय बन्द गरेको पाइए विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले उपमहानगरका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई पठनपाठन नियमित राख्न पनि निर्देशन दिएका छन् ।
सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनरत विद्यालय कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
Discussion about this post