झापा । विपन्न तथा दलित, आदिवासी जनजाति, बेरोजगार युवासँग मेयर कार्यक्रमअन्र्तगत अर्जुनधारा नगरपालिकामा इन्टेरियर डिजाइनका आधारभूत सीप विकास तालिम आइतबार सुरु भएको छ ।
बिर्तामोडस्थित नेशनल टेक्निकल इन्स्टीच्यूट प्रा.लि. तालिम प्रदायक संस्था रहेको उक्त तालिम जेठ २३ गतेसम्म सञ्चालन हुने नगर सामाजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।
नगरपालिकाको सभाहलमा नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित उक्त तालिमको उपप्रमुख पराजुलीले उद्घाटन गरेकी थिइन् । १५ जना प्रशिक्षार्थीको सहभागिता रहने तालिममा प्रशिक्षकद्वय अशोक राजवंशी र मनिराम पाण्डेले वाल पेन्टिङ, वाल आर्ट, थ्रीडी पेन्टिङलगायत बारे प्रशिक्षण दिने शाखा प्रमुख खड्काले बताए ।
नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले स्वागत गरेका उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।
Discussion about this post