वराहक्षेत्र (सुनसरी) । अव्यवस्थित अवस्थामा रहेको वराहक्षेत्र नगर अस्पतालको रूप फेरिँदै गएको छ । अस्पतालमा भौतिक संरचना र आवश्यक जनशक्ति थपेर सेवा दिने पहल गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाद्वारा सञ्चालित अस्पतालको प्रशासन र व्यवस्थापन भवन, चिकित्सक, स्वास्थ्इकर्मीको संख्या बढाउने पहल गरिएको हो ।
अस्पतालले विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका सहायक व्यवस्थापक दिवस बिष्टले बताए ।
अस्पतालकै आम्दानीबाट फार्मेसी भवन निर्माण भइरहेको छ भने अस्पतालले मेडिकल अधिकृत, अनमि, ल्याब टेक्निसियन, फिजियो थेरापी सहायक, ल्याब असिस्टेन्ट, फार्मेसी सहायकलगायत कर्मचारी माग गरिएको छ ।
सबै कर्मचारीलार्इ अस्पतालकै आम्दानीबाट सेवा सुविधा दिन सकिने भएकाले जनशक्ति माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।
हाल अस्पतालमा १ सय ७५ देखि २ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् ।
बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उपलब्ध हुँदै आएको ओपिडी सेवालाई बढाएर बिहान ७ बजेदेखि बेलुकाको ७ बजे सार्वजनिक बिदाको दिनमा समेत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
हाल अस्पतालले हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।
२४सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स(रे, फिजोयोथेरापी सेवा, हप्तामा दुई दिन आइतबार र बुधवार आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स(रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको छ ।
अस्पतालमा ३ जना डाक्टर, २ जना एचए त्यस्तै अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरेर ४१ जना जनशक्ति कार्यरत छ ।
Discussion about this post