सुनसरीको इटहरीमा रहेको माया घर नेपालले बिहीबार ५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष राधिका दाशीको सभापतित्वमा सम्पन्न सभाले इटहरीका एक जना कृयाशिल पत्रकार सहित सामाजिक क्षेत्रमा बिभिन्न माध्यमबाट योग्दान पुर्याउने पाचँजनालाइ सम्मान गरेको छ ।
सम्मानीत हुनेहरूमा मोरङको बेलबारी घर भइ इटहरीलाइ कर्मथलो बनाएर बिगत दुइ दशकदेखि पत्रकारीता गर्दै आएका एभिन्युज टेलिभिजनका सञ्चारकर्मी दिपक कार्की ,संस्थाकी स्वयमसेविका अनिता बस्नेत,संस्थापक उपाध्यक्ष सुमी थापा,सामाजिक क्षेत्र तर्फ हिरा आचार्य,प्रहरी प्रशासन तर्फ हवल्दार कुल बहादुर सुर्खेती लगायत बिभीन्न विधाका व्यक्तीहरुलाइ सम्मान पत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष राधिका दासीले माया घर नेपालमा एक वर्ष भरी भएका प्रगति बिवरण तथा वार्षिक प्रतिवेदन पेश गरेकि थिइन । त्यस्तै संस्थाकी कोषध्यक्ष लक्ष्मि बराल गौतमले आर्थीक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । संस्थाले व्यवस्थित अभिलेखनको सुरुवात गरी सरोकारवालाहरु समेतको स्रोत परिचालन गरी काम गर्ने गरेको,र्आिथक प्रसासन निती निर्माण गरी कार्यन्वयनमा ल्याइएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै माया घर नेपालले स्थापना पछी हालसम्म दुइ हजार भन्दा बढी सडक मानवहरुको उद्धार,व्यवस्थापन र परीवारसँग पुनरमिलन गरीसकेको र हाल संस्थामा एक सय २७ जनाले आश्रय लिइरहेको संस्थाले जनाएको छ । पारिवारिक सम्बन्ध,मानविय व्यवहार हराउँदै गएको बताउँदै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ प्रमुख पवन भट्टले यस्तो समयमा राज्यले पनी चासो नदेखाएका कारण अझ समस्या बढ्दै गएको बताए ।
कार्यक्रममा इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संंगीता चौधरी,निवर्तमान उपप्रमुख लक्ष्मी गौतम,विश्व आदर्श कलेज इटहरीका अध्यक्ष लेखनाथ घिमीरे,प्राचार्य गणेश दुलाल लगायतको सहभागीता रहेको थियो ।
Discussion about this post