काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३-१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो ।
नेपालले दोस्रो हाफमा भने एक गोल गरेको थियो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए ।
फवाज वालोताइबीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदुपयोग गर्दै उनले खाली पोस्टमा हेडमार्फत गोल गरेका थिए ।
स्रो गोल भने निर्धारित समयको ४२ औँ मिनेटमा सबाइब अलखालदीले गरेका हुन् । उनले डिबक्स भित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्क्याउँदै गोलमा परिणत भएको थियो ।
कुवेतका लागि तेस्रो गोल निर्धारित समयको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गरेका हुन् । नेपालका रक्षापंक्तिका अनुभवी खेलाडी अनन्त तामाङले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
Discussion about this post