काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई पुनर्जीवन दिन आवश्यक रहेको औल्याएका छन् ।
नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनमा आइतबार कोइरालाले अहिले नेपाली कांग्रेस छियाछिया भएको अवस्थामा पुगेको बताए ।
पुनर्जीवनका लागि नेतृत्वलाई खबरदारी गर्न उनले पार्टीका सुवेच्छुक संस्थाहरुहरुलाई आग्रह गरे ।
नेता कोइरालाले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । ऊ जाडो यामलाई छलेर जब वसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ । यो प्राकृतिक कुरा हो । आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’
संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्नेमा उनले जोड दिए ।
Discussion about this post