विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तासाझेदार दलले सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउनु परेको बताएका छन् ।
त्यही कारण संसदबाट बजेट ल्याउन नसकिएको उनको भनाइ थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए ।
अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर उनले अध्यादेशबाट बजेट ल्याएका थिए ।
बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा उनले बजेट अध्यादेश पेश गरेका हुन् । जेठ ३१ गते नीति तथा कार्यक्रम ल्याएर संविधानको प्रयोग गरेर अध्यादेशबाट बजेट ल्याइएको उनले बताए ।
माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले आज विश्वासको मत लिँदैछन् । अहिले संसदलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागिरहेका छन् ।
Discussion about this post