इलाम । इलाम बजारका केही पसलहरुमा कम तौलका सामान बेच्ने गरेको पाइएको छ । कतिपय पसलमा प्रयोग गर्न सकिने म्याद गुज्रिसकेका सामान पनि राख्ने गरेको पाइएको छ ।
इलाम नगरपालिकाको संयोजनमा सोमबार भएको बजार अनुगमनका क्रममा यस्तो फेला परेको हो ।
इलामको भानुपथमा सञ्चालित र मालापथमा सञ्चालित पसलमा कम तौलका सामान बेच्न राखिएको पाइएको छ । यसले उपभोक्ता प्रतक्ष मारमा पर्ने गरेका छन् ।
त्यस्तै इलाम अस्पतालको फार्मेसीमा म्याद गुज्रिएका औषधि समेत राखको पाइएको छ । अस्पतालको स्वास्थ्य बीमाबाट दिइने स्टोरमा म्याद गुज्रिएका औषधि राखेको पाइएको छ ।
सोमबार ३३ वटा पसलमा अनुगमन गरियो । इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहालको नेतृत्वमा भएको बजार अनुगमनमा जिल्ला प्रसासन, जिल्ला प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायतको सहभागीतामा रहेको थियो ।
इलाम बजारमा सञ्चालित खाद्यान्न पसल, होटल, औषधि तथा मासु पसलमा अनुगमन गरिएको थियो ।
म्याद गुज्रिएका औषधि तत्काल हटाउन र कम तौलका सामान बिक्री गर्ने पसललाई तत्काल सुधार गर्न आग्रह गरिएको छ ।
कम तौलका सामान बिक्री गर्ने पसलको पुन अनुगमन गर्ने र यस्तो पुन पाइए आवश्यक कारबाही गरिने अनुगमन टोलीले जानकारी दिएको छ ।
Discussion about this post