इटहरी । धरान उपमहानगरपालिकाले ‘सीमा प्रारम्भ’ भनेर राखेको बोर्ड इटहरी उपमहानगरले निकालेको छ ।
तरहरानजिकै पानिपियामा आज बिहान धरान नगर प्रहरीले बोर्ड राखेको थिए ।
दुई पालिकाबीच भएको सीमा विवादको अन्त्य नभई बोर्ड राखेको भन्दै इटहरीले केही घण्टापछि हटाएको हो ।
इटहरी उपमहानगरका जनप्रतिनिधि, कर्मचारी तथा नगर प्रहरी सहितको टोलीले बोर्ड निकालेको हो ।
यस्तै, सेउती खोलाको वारिपारी पनि सीमा प्रारम्भको बोर्ड राखिएको छ ।
केही महिनाअघि पनि धरानले राखेको बोर्ड नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ इटहरीले निकालेको थियो ।
दुई उपमहानगरको विवाद कायम नै रहेका बेला धरानका नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा आज पुनः बोर्ड राखिएको थियो ।
इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले समन्वय र संवाद अनुसार सीमा विवाद अन्त्य गर्नु पर्नेमा धरानले मनोमानी गरेको बताए । छलफलबाट समाधान गर्ने विषयमा पालिका पालिका भिडाउने काम भएको उनको भनाई छ ।
समस्यालाईं मिलाउन पहल गर्नुपर्नेमा जिल्ला समन्वय समिति मौन बसेको छ ।
धरानका नगर प्रमुख साम्पाङले जिल्ला समन्वय समितिमा निवेदन दिँदा पनि कुनै वास्ता नगरेको बताएका छन् ।
Discussion about this post