विराटनगर । मोरङको उर्लाबारीमा घरैमा बनाइएको च्याउ पकाएर खाँदा तीनजना बिरामी परेका छन् ।
उर्लाबारी नगरपालिका–९ स्थित चक्रे टोल बस्ने ३६ वर्षीया जमुना लिम्बुको घरमा परालमा पलाएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् ।
प्रहरीका अनुसार बिरामी पर्नेमा जमुना, उनका ज्वाईँ ४५ वर्षीया अमृत लिम्बु र भान्जी सोनु लिम्बु छन् ।
बिरामीहरुको अरनिको अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
Discussion about this post