काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको अन्त्येष्टिमा राजकीय सम्मानस्वरूप सेनाको टुकडीले अन्तिम सलामी दिने भएको छ ।
आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको उनले बताइन् ।
मन्त्रिपरिषद्ले राजकीय सम्मानस्वरूप अन्तिम सलामी नेपाली सेनाको टुकडीले दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रिय झण्डा झुकाउने र सार्वजनिक बिदा दिनेबाहेकको सम्मान दिने निर्णय भएको बताए ।
प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको बुधबार बिहान ८:३३ बजे निधन भएको हो ।
Discussion about this post