काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको हिन्दु परम्पराअनुसार पशुपतिनाथ आर्यघाटमा बुधबार अन्तिम संस्कार गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिए ।
दाहाललाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।
श्रद्धाञ्जली अर्पण गर्न आफन्तहरूसहित माओवादीका शीर्ष नेता तथा कार्यकर्ता दिउँसो पेरिसडाँडामा पुगेका थिए ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाललगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए । सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो । सीताको ६९ वर्षको उमेरमा बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
Discussion about this post