झापा । २१०औँ भानु जयन्ती अवसरमा भानु साहित्यिक प्रतिष्ठानले एउटा संस्थासहित चारजना स्रष्टालाई सम्मान सम्मान गरेको छ ।
काँकडभिट्टास्थित आदिकवि भानुभक्तको शालिकमा माल्यार्पणपछि आयोजित समारोहमा क्रिक्रेट खेलाडी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र पत्रकार भूमिका सुब्बा फियाकलाई पुरस्कृत गरिएको हो ।
मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान क्षेत्रीलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र फियाकलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
त्यसैगरी ढुंगानालाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।
हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार ढुंगाना, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रबर्द्धतर्फ पञ्चे बाल तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गरिएको कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।
भानु प्रतिभा पुरस्कारबाट सम्मानित क्षेत्रीलाई २१ हजार र अन्य तीनजना व्यक्तित्वलाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कार दिइएको छ ।
Discussion about this post