विराटनगर । लागूऔषध गाँजासहित प्रहरीले एकजना महिलालाई आइतबार राति पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–५ विशाल चोककी ४२ वर्षीया मीनादेवी साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार साहको घरमा खानतलासी गर्दा लगभग अढाई किलो गाँजा बरामद भएको थियो ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट पुगेको प्रहरी टोलीले राति १०ः४५ बजेतिर घरमा छापा हानेको हो । त्यस क्रममा अन्दाजी २ किलो ३ सय ५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
घरमा गाँजा भेटिएपछि पक्राउ परेकी महिलाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए । प्रहरी पुग्दा मीनाका पति दिनेश साह घरमा भेटिएनन् । दाहालले दिनेशको खोजी जारी राखिएको बताए ।
Discussion about this post