पाँचथर । पाँचथरमा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मेची राजमार्ग हुँदै फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना २ ख ९२१५ नम्बरको ट्रक हिलिहाङ गाउँपालिका–७ हेवा खोलामा साँझ ७ बजेतिर दुर्घटनामा परेको हो ।
आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा हिलिहाङ–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको हो । गम्भीर घाइते तामाङको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रकका चालक ४५ वर्षीय पारसमणि थापा र ३१ वर्षीय जीवन गदाइली घाइते भएका छन् ।
घाइतेमध्ये चालक थापाको अवस्था गम्भीर छ । घाइतेको पाँचथरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
Discussion about this post