काठमाडौं । जंगली च्याउ खाँदा रोल्पामा तीनजनाको मृत्यु भएको छ । गत मंगलबार जंगलबाट ल्याइएको विषालु च्याउ खाएर बिरामी भएका पूर्वी रोल्पाको लुंग्री–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय दुर्गे गुरुङकी श्रीमती ३३ वर्षीया भीमा, छोराहरू ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जंगली च्याउ घरमा ल्याएर पकाएर खाएका थिए ।
च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विषालु च्याउ खाएर बिरामी भएका लुंग्रीकै अन्य ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
च्याउ खाएरै मंगलबार नै बिरामी भएका सबैलाई प्राथमिक स्वास्थ्य उपचारपछि घरमा पठाइएको छ ।
च्याउ खाएर बिरामी भएका बुझिङ गाउँका ५ जनामा टाउको दुःख्ने, उल्टी हुने समस्या देखिएपछि आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले बताए ।
Discussion about this post