इटहरी । इटहरी उपमहानगरपालिकाले सोमबारदेखि सेवाग्राहीका लागि निःशुल्क घर नक्सा निर्माण कार्य सुरु गरेको छ । यसले गर्दा सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्राप्त हुने जनाइएको छ ।
छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फारम खुला गरेको छ । नगर प्रमुख हेमकर्ण पौडेलको नेतृत्वमा सोमबार बसेको बैठकले फाराम खुला गर्नेलगायत विभिन्न निर्णय गरेको हो ।
यसैगरी, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग बैठक तथा विद्यालय निरीक्षण गरिने भएको छ ।
बजार अनुगमन गरी तथा नियमविपरीत भएको पाइए कारबाहीको सुरुआत पनि गरिएको छ ।
यस्तै, इटहरी अस्पताल निरीक्षण तथा सेवा सुदृढीकरण बिषयमा पनि छलफल भएको जनाइएको छ ।
छात्रवृत्तिको लागि अनलाइन फारमका साथै तथा नागरिक सहायता कक्षमा विद्यार्थीले प्रत्यक्ष फारम भर्ने व्यवस्था पनि गरिएको छ ।
इटहरीको बजार क्षेत्रमा रहेका मिठाई, मासु, खाद्य पसलहरु निरीक्षण गरी एउटा अव्यवस्थित पसलमा ताला लगाइएको छ ।
इटहरी अस्पतालको अवलोकन गरी ल्याब सेवालाई अझै प्रभावकारी बनाई सेवा बिस्तार गर्ने बारेमा छलफल भएको छ ।
Discussion about this post