Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका छन् ।
नगरपालिका संघको महाधिवेशनमा नगर प्रमुख पौडेल र उपप्रमुख सङ्गीता चौधरी काठमाण्डौं गएकाले वडा अध्यक्ष श्रेष्ठलाई नगर प्रमुखको जिम्मेवारी दिइएको बताइएको छ ।
पुस ४ गतेबाट सुरु भएको महाधिवेशन ६ गते सम्म चल्नेछ । सो अवधिसम्मका लागि कार्यवाहकको जिम्मेवारी वडाअध्यक्ष श्रेष्ठलाई दिएको उपमहानगर प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
आफूलाई पुस ११ गते सम्मका लागि कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
Discussion about this post