विराटनगर । मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार अपरान्ह एक जनाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–४ स्थित रामपुरगुए खोल्सीमा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर बेलबारी–४ बुधबारेका ३५ वर्षीय निङ्मा रिङदे शेर्पाको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अपरान्ह १२ बजेतिर करेन्ट लाग्दा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) उदय शम्शेर राणा नेतृत्वको टोली खटिएको छ ।
टोलीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post