विराटनगर । स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
भारतबाट आइरहेको बीआर ०१ पीजी २११ नम्बरको भारतीय टाटा सफारी जीपलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा जाँच गर्ने क्रममा रकम फेला परेको थियो ।
जीपमा सवार ८१ वर्षीय रामनरेश सिंहको साथमा रहेको झोलामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।
गाडी र रकमसहित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंह भारत, बिहारको बारबिघा, दिनकर नगर निवासी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाडी चालक ३३ वर्षीय रतिश दासवानलाई पनि नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथमा रहेको दुईवटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post