डा. शशांक कोइराला र महामन्त्री गगन थापा बिच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापा कोइरालालाई भेट्न उनकै निवास पुगेका हुन् ।
मंगलबार साँझ शशांक निवास महाराजगञ्ज पुगेर उनले संसदीय दलको नेताको चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।
शशांकले भने यस विषयमा सोचौंला भन्ने जवाफ दिएको उनीनिकट एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका छन् । मतदान बुधबार हुँदैछ ।
Discussion about this post