काठमाडौँ । चीनको हाङझोउमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड) को महिला फुटबलको ड्र बिहीबार सार्वजनिक भएको छ । नेपालले समूह चरणमा बलिया प्रतिद्वन्दीविरुद्ध खेल्नुपर्ने भएको हो ।
सार्वजानिक ‘ड्र’ अनुसार नेपाल समूह ‘डी’ मा जारी विश्वकपमा सहभागी जापान र भियतनामसँग खेल्नु पर्नेछ । साथमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश पनि रहेको छ ।
महिला फुटबलमा कुल १७ टिमलाई पाँच समूह विभाजन गरेर प्रतिस्पर्धा गराइँदै छ। जसमा तीन समूहमा ३–३ टिम रहँदा अन्य दुई समूहमा ४–४ देशको समूह छन्।
हाङझोउ एसियाड आगामी ६ असोजदेखि सुरु हुँदैछ। प्रतियोगिताको तयारीमा रहेको नेपालले यसअघि बंगलादेशसँग दुई खेलको मैत्रिपूर्ण श्रृंखला खेल्दै जित निकालेको थियो। नेपाली महिला टिमलाई बिहीबारबाट औपचारिक प्रशिक्षणमा राखिएको छ।
Discussion about this post