काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन्।
काठमाडौंमा बिहीवार हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भए पनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीले गरिरहेको बताए।
उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतीपूर्ण रहेको बताए। उनले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए। उनले हाम्रो गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताए। उनले नेपालीले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृति बढेको बताए।
अर्थमन्त्री महतले नेपालीले अहिले आत्मसात् गरेको खानपान, जीवनशैलीलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताए।
उनले नेपाली रैथाने बालीभित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताए। उनले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताए। उनले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताए। उनले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताए।
Discussion about this post