धरान । डेंगी सङ्क्रमण तीव्र रूपमा फैलिएको धरानमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार धरानमा अहिलेसम्म २ हजार १ सय ९९ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ ।
३ हजार ७ सय ३१ जनामा परीक्षण गर्दा झन्डै २२ सयमा सङ्क्रमण पुष्टि भएको हो ।
धरानमा अहिले दैनिक सयजना डेंगीका बिरामी थपिने गरेका छन् ।
जेठ अन्तिम साता धरान १७ की एक जना महिलाको मृत्यु भएपछि अहिलेसम्म ८ जनाको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै पछिल्ला ९ दिनयता एक बालिकासहित थप ५ जनाको मृत्यु भएको छ ।
उनीहरू सबैको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।
Discussion about this post