काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका छन्।
शनिवार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दै भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
गृहमन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियान रोकिँदैन। जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ।’
सुशासन कायम गर्दै आर्थिक-सामाजिक समृद्धि हासिल गरेमा मात्र नै सहिदहरूप्रति सच्चा सम्मान तथा श्रद्धा हुने उनकाे भनाइ छ।
Discussion about this post