सुनसरी । इटहरीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार बिहान २६ किलोमिटर लामो ‘तरहरा कोरा साइक्लिङ च्यालेन्ज–२०८०’ भएको छ ।
तरहरा साइकलिङ संघको आयोजनमा सुरु भएको साइक्लिङ च्यालेन्जमा काठमाडौ, नेपालगञ्ज, बुटवल, बर्दिया, धरान, बिराटनगर लगायतका ठाउबाट आएका ३ सय १ जना साइकलप्रेमीहरुको सहभागिता थियो ।
साइकल यात्रा बिहान ७ बजे इटहरीको तरहरा चौकबाट सुरु भएर तालतलैया, भुल्के मन्दिर, प्रणामी मन्दिर धार्मिक क्षेत्र, इटहरी चौक, बक्लौरी हुदै पुनः तरहरा क्षेत्रमा फर्किएको थियो । कोरा तामाङ भाषाको शब्द हो । यसको अर्थ धार्मिक र पवित्र स्थल, मठ मन्दिरहरुको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु भन्ने बुझिन्छ ।
स्वास्थ्यका लागि साइक्लिङको महत्व दर्शाउन र धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसारको लागि देशभित्र र बाहिर बिभिन्न शहरमा कोरा साइकल च्यालेन्ज आयोजना हुँदै आएको छ ।
Discussion about this post