महामन्त्रीमा गगन थापासँगै प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय निर्वाचनमा उनै थापालाई साथ दिए । शभापतिकै पक्षमा खुल्ने अपेक्षा गरिएका पौडेलले थापालाई साथ दिएका हुन् । आफूले शभापति वा महान्त्रीको पक्ष भन्दा पनि परिवर्तनको पक्षमा स्वविवेकी निर्णय गरेको बताएका छन् ।
पार्टीको संसदीय दलको निर्वाचनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ भन्ने स्पष्ट पारेका हुन् ।
पार्टीको संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापाको पक्षमा कि ढिला गरी खुल्नुभयो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै पौडेलेले भने, ‘बाहिरबाट आ–आफ्नै ढंगको न्यारेटिभ बनाइन्छ । तर हरेक मान्छेले आफ्नो विवेक प्रयोग गर्छ । हामी जत्तिको मान्छेले विवेक प्रयोग गरेर निर्णय नगर्ने हो भने कहाँबाट सुधार सम्भव हुन्छ ।’
‘खासगरी पुस्तान्तरणको पक्षमा अग्रजहरूलाई सम्मान गर्दै अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ, कार्यशैली बदल्नुपर्छ, आम निराशा जुन देखिएको छ, त्यसलाई अन्त्य गरी रक्तसञ्चार गर्नुपर्छ भन्ने नै हो ।
आज राजनीतिप्रति जुन विश्वास घटेको छ, त्यसलाई बढाउनका निम्ति हामीले फरक ढंगबाट आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । त्यसैले परिवर्तनको पक्षमा लाग्नुपर्छ भन्ने लागेर स्वविवेकी निर्णय गरेको हुँ’ पौडेलले भने ।
Discussion about this post