काठमाडौँ । नेपाल विद्यार्थी संघले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कालोमोसो दलेको भन्दै मोरङ अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरेको छ ।
अध्यक्ष दाहालमाथि कालोमोसो दलिएको विषयमा नेविसंघले छानबिन समिति गठन गरेको थियो । समितिको सिफारसको आधारमा पोखरेललाई निलम्बन गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
उक्त घटनामा संलग्न केहीलाई नसिहत दिइएको छ भने केहीलाई निलम्बन गरिएको नेविसंघले जनाएको छ ।
कालोमोसो दलेको आरोपमा अध्यक्ष पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । जेठ २९ गते क्वाटरमा रहेका दाहालमाथि पोखरेलसहितका नेविसंघ कार्यकर्ताले कालो मसी फ्याकेर भागेका थिए ।
आफूहरुले राखेका विभिन्न मागहरू पुरा गर्नुको साटो एकलौटी गर्न खोजेको भन्दै कालोमोसो दलिएको उनीहरूको भनाई थियो ।
Discussion about this post