विराटनगर । सुनसरीमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट पेस्तोलसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले हत्या कारण र आरोपीको नाम अहिले गोप्य राखेको छ । यस घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय रिट र सुनसरी प्रहरीले संयुक्त रूपमा अनुसन्धान गर्दै आएको छ ।
साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो ।
साथीसँग मूल घाटबाट विराटनगर आउने क्रममा जंगलमा उनको दाहिने कोखमा गोली लागेको थियो । उपचारको क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
Discussion about this post