इटहरी । सुनसरीको रामधुनी नगरपालिका ९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार राति साढे ११ बजे स्थानीय २० वर्षीय निरज चौधरी शौचालय जाने क्रममा काटिएको विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागि घाइते भएका थिए ।
उनलाई उपचारको लागि टिचिङ अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post